Main News

लकडाउन र निषेधाज्ञामा विद्युत मिटर रिङिङ नहुँदा समस्या (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ६ गते २०:२५
लकडाउन र निषेधाज्ञामा विद्युत मिटर रिङिङ नहुँदा समस्या (भिडियोसहित)

६ असोज, २०७७ भक्तपुर । लकडाउन र निषेधाज्ञामा ग्राहकले विजुली उपभोग गरिरहे पनि मिटर रिडिङ हुन नसक्दा अहिले समस्या भएको छ ।

विद्युत प्राधिकरणले पहिले उपभोग गरेको आधारमा बिलिङ गरेर उपभोक्तालाई पठाउने गरेको छ । तर त्यो न्यायोचित नभएको भन्दै भक्तपुरका उपभोक्ता अहिले प्राधिकरणको कार्यालय धाइरहेका छन् ।

विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रमा मनपरी बिलिङ गरेको भन्दै सेवाग्राहीको भीड लागेको छ ।

तीन महिना लामो लकडाउन र तीन साताको निषेधाज्ञाले नियमित मिटर रिडिङ गर्न नसक्दा प्राधिकरणले पहिलाको महिनाको औसत मानेर सोलोडोलो बिलिङ गरेको थियो । यसपछि प्राधिकरणमा अहिले महसुल समायोजन गर्ने ग्राहकको भीड लाग्न थालेको छ ।

प्राधिकरणले कमजोरी स्वीकार्दै मिटरको अंकसँग जुधाएर समायोजन गर्ने प्रतिवद्धता जनाएको छ ।

भदौ २५ गतेदेखि सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै मिटरमा उठेको वास्तविक अंक र प्राधिकरणले गरेको औसत बिलिङ मिलिरहेको छैन । यसलाई मिलाउन कार्यालयमा सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *