Main News

विराटनगरकी एक किशोरी भारतमा बलीको शिकार हुनबाट यसरी जोगिइन्, तीन जना पक्राउ

हिमालय टिभी
२०७७ असोज ६ गते २०:२२
विराटनगरकी एक किशोरी भारतमा बलीको शिकार हुनबाट यसरी जोगिइन्, तीन जना पक्राउ

६ असोज, २०७७, विराटनगर । सुनसरी रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया एक किशोरी बेचिनबाट जोगिएकी छन् ।

विराटनगरमा पुजाको कार्याक्रममा सहभागी गराउने भनेर विराटनगर ल्याइएकी ति किशोरीलाई प्रहरीले उद्धार गरेपछि उनी बेचिनबाट जोगिएकी हु्न् । उनलाई बेचबिखनका लागि भारत पु¥याउने क्रममा तीन जनालाई मोरङ प्रहरीले पक्राउ समेत गरेको छ ।

सोमबार राति करिब ७ बजे किशोरीलाई विराटनगर महानगरपालिका–१७ इस्लामपुरबाट प्रहरीले उद्धार गरेको हो । विराटनगरको बाटो हुँदै ती किशोरीलाई भारतको फारबिसगञ्जसम्म पु¥याइएको थियो । तर योजनाका बारेमा किशोरीले थाहा पाएपछि भागेर उनी पुनःनेपालतर्फ आएकी थिइन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले विराटनगरमा पुजाको कार्यक्रममा सहभागी हुन भनेर ल्याएकी किशोरीलाई झुक्याएर भारत पु¥याउनुुले घटनाको प्रकृति हेर्दा उनलाई बेच बिखनका लागि लगिएको देखिएको बताउनुभयो ।

एसपी खड्काले किशोरीलाई झुक्याएर भारत लानुको रहस्य र घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको प्रारम्भिक अनुशसन्धानबाट खुलेको बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि एसपी खड्काले जानकारी दिनुभयो ।

किशोरीलाई भारत लैजाने मोरङको लेटाङ नगरपालिका–३ घर भइ सुनसरी रामधुनी नगरपालिका–५ झुम्कामा तरकारी पसल सञ्चालन गर्दै आएकी २२ वर्षीय मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका–५ घर भएका २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीकै तिलाठीकैलारी गाउँपालिका १ घर भइ विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डललाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *