गुल्मीमा पहिरोमा पुरिँदा दुई जनाको मृत्यु, एक जना घाइते

हिमालय टिभी
२०७७ असोज ६ गते १२:४९
गुल्मीमा पहिरोमा पुरिँदा दुई जनाको मृत्यु, एक जना घाइते

६ असोज, २०७७ गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर २ रातचौरमा पहिरोमा परेर ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ आफन्तको न्वारन पुजामा गएर फर्किने क्रममा बाटोमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए । दुबैलाई आज मृत अवस्थामा निकालिएको हो ।

पहिरोमा परेर घाइते भएका ६० वर्षीय तिलक कुमालको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *