Main News

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७७ असोज ६ गते ९:१४
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री ओली

६ असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७५ औं वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित भिडियोमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसंघलाई सुदृढ र सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताउनुभएको हो ।

एकता, ऐक्यबद्धता र सहयोगको कुनै विकल्प नभएकाले ती प्रतिबद्धताप्रति सबै सदस्य राष्ट्रले आफूलाई पुनर्पुष्टि गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

व्याख्यानमा नभई कार्यान्वयनमा जानुपर्ने खाँचो औँल्याउँदै प्रधानमन्त्री ओलीले सामयिक सुधारसँगै राष्ट्रसंघलाई स्वतन्त्र, निष्पक्ष र विधिमा आधारित अन्तर्राष्ट्रिय प्रणाली स्थापना गर्ने समर्थ्य निकाय बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *