Main News

डा. गोविन्द केसी भोलि काठमाडौं आउँदै, सत्याग्रह कायमै

हिमालय टिभी
२०७७ असोज ५ गते १९:०३
डा. गोविन्द केसी भोलि काठमाडौं आउँदै, सत्याग्रह कायमै

५ असोज, २०७७, बाँके । अनसनरत डाक्टर गोविन्द केसी भोलि काठमाडौं आउनु हुने भएको छ ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा अनशनरत डा. केसीलाइ आज नेपालगञ्ज ल्याइएको छ । आज उहाँ भेरी अस्पतालमै अनसन बस्नुभएको छ ।

दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमानेका केसीलाई आज दिउँसो समिट एयरको उडानबाट नेपालगञ्ज ल्याइएको हो । उहाँलाई भोली काठमाडौं ल्याउने तयारी छ ।

डाक्टर केसीले शुरु गरेको १९ औं अनशनको आज आठौं दिन हो । काठमाडौं आइपुगेर पनि उहाँले सत्याग्रह जारी राख्ने बताउनुभएको छ ।

चिकित्सा शिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ, पूर्व सहमति कार्यान्वयन लगायतका माग राखेर केसीले जुम्लाको चन्दननाथस्थित एक मन्दिरमा भदौ २९ गते अनसन शुरु गर्नुभएको थियो ।

शनिबार राति उहाँलाई प्रहरीले जर्बजस्ती अस्पताल पुर्‍याएको थियो । केसीले यसअघि जुम्लामा सत्याग्रह गर्दा जस्तो हिंसा र तोडफोड हुन सक्ने भएकाले काठमाडौं जान तयार भएको बताउनुभएको छ ।

उहाँले जुम्लामा रहाँदा सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ । वार्ताका लागि सरकारी पक्षबाट कुनै पहल नभएको भन्दै उहाँले सबै माग पूरा भएपछि मात्रै सत्याग्रह टुंगिने अडान राख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *