समाज

सार्वजनिक यातायात सञ्चालन भए तर यात्रु छैनन् (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ५ गते १६:५९
सार्वजनिक यातायात सञ्चालन भए तर यात्रु छैनन् (भिडियोसहित)

५ असोज, २०७७ विराटनगर । सरकारले यात्रु बोक्ने गाडी सञ्चालन गर्ने निर्णय गरेपछि देशभरी नै सार्वजनिक गाडी चल्न थालेका छन् ।

यसैक्रममा प्रदेश १ को राजधानी विराटनगरस्थित बसपार्कबाट दैनिक लामो तथा छोटो दुरीका गाडी सञ्चालनमा आएका छन् । तर ती गाडीमा यात्रुको अभाव छ ।

सरकारले लामो तथा मध्यम दूरीका गाडी सञ्चालन खुल्ला गरेपछि प्रदेश १ को राजधानी विराटनगरको बसपार्कबाट तीन दिनमा १ सय ७७ वटा गाडी छुटेका छन ।

यात्रु हाक गाडी खुले पनि यात्रुको चहलपहल भने खासै देखिन्न। कोरोना कहरका कारण मानिसको चहल–पहल निकै कमी आएको छ । यात्रुले सार्वजनिक गाडी चढ्न हिचकिचाउने गरेका छन् ।

लामो दुरीका यात्रुले आफ्नो सुरक्षाका लागि आफैं मास्क र स्यानिटाइजर बोकेर जानुपर्ने हुन्छ । एउटा सिटमा एक जनालाई मात्र बस्ने अनुमति दिइएको छ । विराटनगरमा स्यानिटाइज गरिएको गाडी गन्तव्यमा पुगेपछि पुनः स्यानिटाइज गरेर मात्रै फर्कने गरेको छ ।

लकडाउनका कारण करिब ६ महिना यता ठप्प बनेको सार्वजनिक गाडी चल्न थालेपछि यात्रु अभावमा बस खाली–खाली गन्तव्यसम्म पुग्ने गरेका छन । सञ्चालन खर्च नउठे पनि यात्राका लागि सार्वजनिक यातायात पनि सुरक्षित छन भन्ने सन्देश दिन पनि सञ्चालन गर्नु परेको व्यवसायीले बताएका छन ।

यातायात व्यावसायीलाई लामो समय थन्किएको गाडी चलाउनु पर्ने दबाब एकातिर छ भने अर्कोतिर यात्रु नपाउनुको पीडा अर्कोतिर छ । व्यवसायलाई पुनर्जीवन दिन अब गाडी थन्काएर बस्न नहुने व्यवसायीको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *