आर्थिक

हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय नभएको सिभिल बैंकको प्रष्टिकरण

हिमालय टिभी
२०७७ असोज ५ गते १३:४८
हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय नभएको सिभिल बैंकको प्रष्टिकरण

५ असोज, २०७७ काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलाएर सिभिल बैंकको शेयरको भाउ बढाउन चलखेल भएपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिभिल बैंकसँग स्पष्टिकरण सोधेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्द गुरुङले नेप्सेलाई आज स्पष्टिकरण पठाउँदै मर्जरमा जानका लागि कुनै पनि निर्णय नभएको र आफूले यस्तो बाहिर नल्याएको बताउनुभएको छ ।

सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जान लागेको भन्दै आएका समाचारमा कुनै सत्यता नभएको र त्यो समाचार आफूहरुले सार्वजनिक नगरेको पनि दावी गरेको छ ।

नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति अनुरुप सिभिल बैंकले मर्जर गर्नका लागि सम्भावित उपर्युक्त बैंकहरुको खोजी गरिरहेको भने उहाँले स्वीकार गर्नुभएको छ ।

सिभिल बैंक सबैभन्दा कमजोर बाणिज्य बैंक हो । हिमालयन बैंकसँग मर्जरमा जान लागेको हल्ला फैलिए पछि हिजो सिभिल बैंकको शेयरको मुल्य १० प्रतिशतसम्म बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *