सुनसरीको इटहरीमा कोरोना संक्रमितलाई राख्न सय बेडको आइसोलेसन सञ्चालन

हिमालय टिभी
२०७७ असोज ५ गते १३:३४
सुनसरीको इटहरीमा कोरोना संक्रमितलाई राख्न सय बेडको आइसोलेसन सञ्चालन

५ असोज, २०७७ सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले लक्षण नदेखिएका संक्रमितलाई राख्न सय बेडको आइसोलेसन संचालनमा ल्याएको छ ।

इटहरी रंगशालामा १६ वटा शौचालय,४ वटा वाथरुम,२ वटा लुगाधुने ठाउँसहितको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । लक्षण नदेखिएका कोभिड संक्रमित राखिने आइसोलेसनमा वाइफाई र सीसीटीभी जडान गरिएको छ ।

त्यहाँ ८ जना स्वास्थ्यकर्मी र ३ जना सफाइकर्मी खटिने छन् । सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । आइसोलेसनमा शारीरिक ब्यायाम, योगा, काउन्सिलिङको समेत ब्यवस्था गरिनेछ ।

आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गरेको थियो। पछिल्ला समयमा इटहरीमा कोरोना संक्रमितको संख्या दिनहुँ थपिने क्रमसगै आइसोलेसनको अभावमा संक्रमितहरु घरमा नै बस्दै आएको थिए ।

इटहरी उपमहानगरको कार्यपालिका वैठकले आइसोलेसन संचालनका लागि उपसमिति गठन गरेको छ । इटहरी उपमहानगरपालिकमा ४ सय ७ जना संक्रमित रहेका छन् ।

जसमा होम आइसोलेसनमा २ सय बढी संक्रमित रहेको इटहरी उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामचरण चौधरी जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *