Main News

माछा पोखरीमा डुबेर मोरङमा एकै परिवारका तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ५ गते १३:००
माछा पोखरीमा डुबेर मोरङमा एकै परिवारका तीन जनाको मृत्यु

५ असोज, २०७७, मोरङ । मोरङमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–४ को बनसखण्डीमा माछा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३५ वर्षीय सीता अधिकारी, उहाँकी १३ वर्षीया छोरी पवित्रा र ९ वर्षीया छोरी कृतिका छन् । दुई छोरी पोखरीमा डुबेपछि उद्धार गर्न गएकी आमाको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

साँझसम्म पनि उनीहरु घरमा फेला नपरेपछि परिवारका अन्य सदस्यले खोजी गर्ने क्रममा पोखरीमा शव फेला पारेका थिए ।

मृतक सीता दुई छोरीसहित माइतमा बस्दै आउनु भएको र उहाँका श्रीमान नौ वर्षयता सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *