आर्थिक

सिक्टा सिंचाइ आयोजनाको पानी कचनापुर र शम्मेशरगञ्जका किसानले पाएन (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ४ गते २०:५२
सिक्टा सिंचाइ आयोजनाको पानी कचनापुर र शम्मेशरगञ्जका किसानले पाएन (भिडियोसहित)

४ असोज, २०७७, बाँके । सिक्टा सिचाई आयोजनाको मूल नहरमा पानी बग्न थालेको ६ महिना भए पनि कचनापुर र शम्सेरगन्जका किसानले सिंचाइ सुविधा पाउन सकेका छैनन् ।

गाउँ वस्ती हुँदै निर्माण भएको मुल नहरमा पानी चले पनि शाखा नहर निर्माण नभएका कारण कचनापुर र शम्सेरगन्जका करिब ७ सय किसानले पानी पाउन नसकेका हुन् ।

सिक्टाको मूल नहरसँगै जोडिएका कचनापुर, शम्सेरगन्ज, बालापुर र ढकेरी क्षेत्रमा करिब ४ सय हेक्टर खेतबारी छ । यो खेतबारी नजिकैको सिक्टा नहरबाट पानी पनि बगेको छ । तर आयोजनाको लापरबाहीका कारण शाखा नहर निर्माण नहुँदा यहाँका किसानले पानी पाउन सकेका छैनन् ।

नहरको गुरु योजना बनाउँदा नै यी गाउँमा पानी दिने गरी शाखा बनाउने योजना छुटेको थियो । त्यसैले यहाँ शाखा नहर बनेन र किसानले पानी पाएनन् । घर आँगन नजिकैको नहरमा ७ वर्षदेखि कलकल पानी बगे पनि ढकेरीका किसान भने आकाशे पानीको भरमा खेती गर्न विवश छन् ।

शाखा नहर निर्माण गर्ना साथ यी गाउँमा सहजै सिंचाइ सुविधा पुग्न सक्छ । तर त्यसतर्फ कुरा धेरै भए पनि काम भने हुन सकेको छैन । सिक्टा सिंचाइको मुहान क्षेत्रमा रहेका कचनापुर, शम्सेरगन्ज, बालापुर र ढकेरी गाउँका किसानले जतिसक्दो छिटो पानी पाउनुपर्छ भन्नुहुन्छ सिचाई जल उपभोक्ता समिति बाकेका अध्यक्ष शालिक राम डाँगी ।

कचनापुर, शम्सेरगन्ज, बालापुर र ढकेरी गाउका किसानलाई यसै बर्षदेखि पानी दिने गरी आयोजनाले तयारी गरिरहेको दावी छ आयोजना प्रमुख लोकबहादुर थापाको ।

बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु भएको हो। यो आयोजनामा अहिलेसम्म १७ अर्ब रुपैयाँ खर्च भएको छ। आयोजनाले बैशाख १ गतेदेखि नै पानी सञ्चालन गरे पछि डुडुवा, कोहलपुर र नेपालगन्ज क्षेत्रको करिब १५ हजार हेक्टरमा धान खेतीका लागि किसानले पानी पाएका छन् ।

नहरको पानीबाट सिचाई सुविधा पाएका किसानको खेतबारीमा धानबाली बाली राम्रो भएको छ । धान बाली राम्रो भएपछि त्यस क्षेत्रका किसानहरु पनि उत्साहित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *