Main News

बानियाँलाई मदन, ठटाललाई जगदम्बा–श्री पुरस्कार

हिमालय टिभी
२०७७ असोज ४ गते १६:०९
बानियाँलाई मदन, ठटाललाई जगदम्बा–श्री पुरस्कार

४ असोज, २०७७ काठमाडौं । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय भएको छ ।

बानियाँको महारानी उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीको आइतबारको बैठकले ‘जगदम्बा–श्री पुरस्कार’ चाहिँ शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

अघिल्लो वर्षदेखि दोब्बर पारिएकाले दुबै लेखकले चार–चार लाखका दरले नगद प्राप्त गर्नेछन् । दुई दुई लाख रुपैयाँको पुरस्कार राशी अघिल्लो वर्ष बढाएर चार लाख रुपैयाँ बनाइएको थियो ।

गत वर्ष प्रकाशित पुस्तकमध्ये गुठीले १ सय ५१ वटा पुस्तक प्राप्त गरेको थियो ।

तीमध्ये विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्ट– खण्ड १–३’ चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित बिष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ गरी ११ पुस्तक अन्तिम छनोटमा परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *