Main News

पाँच वर्षपछि रानीपोखरीमा पानी भरियो

हिमालय टिभी
२०७७ असोज ४ गते १३:२८
पाँच वर्षपछि रानीपोखरीमा पानी भरियो

४ असोज, २०७७ काठमाडौं । भूकम्पपछि पुनःनिर्माणका लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ ।

पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि काठमाडौं उपत्याका खानेपानी लिमिटेडल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार आज साँझसम्म रानीपोखरीमा पानी पुरै भरिनेछ । भर्नका लागि करिब १४ करोड लिटर पानी हाल्नुपर्ने अनुमान छ । पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बनिरहेको छ ।

मानन्धरका अनुसार मन्दिरको गजुर हाल्ने काम मात्रै बाँकी छ । वर्षाको पानी जम्मा हुन थालेपनि रानीपोखरी भरिन सकेको थिएन । यसमा डिप बोरिङ गरेर भर्न खोजिएपनि विरोधका कारण रोकिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानी पोखरीको पुनर्निर्माणको काम एक हप्ताभित्र सकिने जनाएको छ । २०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शिलान्यास गर्नु भएको थियो ।

त्यसपछि काठमाडौं महानगरले जिम्मा लिएर अलपत्र पारेको थियो । पोखरीदेखि पर्खालसम्म कंक्रिट प्रयोग भएपछि विवाद भएको हो ।

रानीपोखरीको पुननिर्माणमा कंक्रिट प्रयोग गर्ने अडानले काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य विवादित हुनु भएको थियो । यस वर्षको भाइटिकादेखि पोखरी पूर्ण रुपमा खुला गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *