विराटनगरमा वृद्धवृद्धा र बालबालिकाको श्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन

हिमालय टिभी
२०७७ असोज ४ गते १३:१४
विराटनगरमा वृद्धवृद्धा र बालबालिकाको श्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन

४ असोज, २०७७, विराटनगर । विराटनगर महानगरपालिकाले अशक्त, वृद्धवृद्धा र बालबालिकाको स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ ।

मोबाइल भ्यान महानगरपालिकाभित्र आजदेखि सञ्चालनमा आएको हो । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा कोरोनाको आशंका गरिएकाअशक्त, वृद्धवृद्धा र बालबालिकाको घरमै गएर स्वाब संकलन गर्न मोबाइल भ्यान प्रयोगमा ल्याइएको महानगरपालिकाका प्रमुख भीम पराजलीले जानकारी दिनुभयो ।

नेपालकै पहिलो गाडी उत्पादनकर्ता हुलास कम्पनीले ४ लाख लागतमा मोबाइल स्वाब भ्यान निर्माण गरिदिएको हो । भ्यानमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिने व्यवस्था मिलाइएको छ ।

संकलन गरिएको स्वाब परीक्षण गर्न कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा पठाइने छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या शुक्रबारसम्म ५ हजार ४३७ पुगेको छ । महानगरपालिका भित्र १ हजार ५ सय बढी संक्रमित पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *