खेलकूद

इंग्लिस प्रिमियर लीगमा आर्सनल र क्रिष्टल प्यालेसको जीत

हिमालय टिभी
२०७७ असोज ४ गते ७:५६
इंग्लिस प्रिमियर लीगमा आर्सनल र क्रिष्टल प्यालेसको जीत

४ असोज, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा आर्सनल र क्रिष्टल प्यालेसले लगातार दोस्रो जित निकालेका छन् ।

आर्सनलले वेष्टह्याम युनाइटेडमाथि २(१ को जित निकालेको छ । घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलका लागि २५ औं मिनेटमा एलेक्सान्डर लाकाजेट्टी र ८५ औं मिनेटमा इडी एनखेटियाले गोल गरेका थिए ।

वेष्टह्यामका लागि मिकेल एन्टोनियोले सान्त्वना गोल फर्काए । जारी लीगमा लगातार दोस्रो जितसँगै ६ अंक जोडेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ ।

यस्तै अर्को खेलमा क्रिष्टल प्यालेसले म्यानचेष्टर युनाइटेडलाई स्तब्ध बनाएको छ । युनाइटेडले पहिलो खेलमै क्रिष्टल प्यालेसलसँग ३(१ गोलको हार व्यहोरेको हो । ओल्ड ट्राफोर्डमा क्रिष्टललाई जित दिलाउन विल्फ्रेड जाहाले दुई गोल गरे । यस्तै एन्ड्रोस टाउनसेन्डले एक गोल गरे ।

सातौं मिनेटमै टाउनसेन्डको गोलसँगै क्रिष्टलले खेलमा अग्रता लियो । त्यसपछि ७४ औं मिनेटमा जाहाले पेनाल्टीमा गोल गर्दै क्रिष्टललाई २–० को अग्रता दिलाए । युनाइटेडका भिक्टर लेन्डीलोफले ह्याण्डबल गरेपछि क्रिष्टलले पेनाल्टीको अवसर पाएको थियो ।

८० औं मिनेटमा डेब्यु खेलाडी विकले गोल गर्दै युनाइटेडलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ८५ औं मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिष्टल ३–१ गोलले विजयी भएको हो । लगातार दोस्रो जितपछि ६ अंक जोड्दै क्रिष्टल गोल अन्तरका आधारमा तालिकाको तेस्रो स्थानमा छ ।

यसअघि सम्पन्न खेलमा एभर्टनले वेस्टब्रोमलाई ५–२ ले र लिड्स युनाइटेडले फुलह्यामलाई ४–३ गोलले पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्