आर्थिक

कपासे भञ्ज्याङलाई पर्यटकीय गन्तव्य बनाउन पहल (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ३ गते २०:४९
कपासे भञ्ज्याङलाई पर्यटकीय गन्तव्य बनाउन पहल (भिडियोसहित)

३ असोज, २०७७ भोजपुर । भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन स्थानीय तह लागि परेको छ । प्राकृतिक सौन्दर्यले भरिपुर्ण यस क्षेत्रमा स्थानीय बासिन्दा पनि पर्यटन प्रवर्दनमा जुटेका छन् ।

कपासेलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न खोटाङको खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले गुरु योजना वनाएर काम थालेका छन् । शुरुवातमा यो क्षेत्रलाई अपेक्षित वजेट विनियोजन नगरे पनि गतवर्षदेखि विकासका पुर्वधार बनाउन थालिएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको खोटेहाङ गाउँपालिकाको सिमानामा रहेको कपासे भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनका लागि स्थानीय सरकारले भौतिक पूर्वाधार निर्माण गरेको छ । स्थानीय बासिन्दा पनि एकीकृत वस्ती विस्तारमा लागिरहेका छन् ।

कपासे भञ्ज्याङमा थप पर्यटक भित्राउन खोटेहाङ गाउँपालिकाले वहुउदेश्यीय पर्यटन पार्कसगै राष्टिय विभुतिपार्क निर्माणको काम लाई समेत अगाडि वढाएको छ । यस्तै टेम्केमैयुङ गाउँपालिका भित्रपर्ने नेपालको एकसय पर्यटकीय गन्तव्य भित्र पर्न सफल टेम्केडाँडा ९मुन्दुम पदमार्ग०लाई कपासे भञ्ज्याङसम्म जोड्ने तयारी भैरहेको छ ।

जङ्गली जनावर, चराचुरुङ्गीको चिरविराहट आवाजसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा, तराईका सुन्दरफाँट नियाल्न सकिने यो क्षेत्रको प्रचारप्रसार गर्न सके पर्यटकीय गन्त्व्यका रुपमा विकास हुने संभावना छ । पर्यटकको आगमनले आर्थिक उपार्जनमा समेत टेवा पुग्ने स्थानीयको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *