Political Hightlights

कानूनी, प्रशासनिक र वित्तीय पाटोमा संघीयता व्यवस्थित भइसक्योः मन्त्री ज्ञवाली

हिमालय टिभी
२०७७ असोज ३ गते १७:०७
कानूनी, प्रशासनिक र वित्तीय पाटोमा संघीयता व्यवस्थित भइसक्योः मन्त्री ज्ञवाली

३ असोज, २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले स्रोत साधानले केही समस्या भए पनि कानूनी, प्रशासनिक र वित्तीय पाटोबाट संघीयता व्यवस्थित ढंगले स्थापित भइसकेको बताउनुभएको छ ।

नेपाल कानून समाजले आयोजना गरको ‘भर्चुअल छलफल’मा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारी अभाव र स्रोत साधान नपुग्ने समस्या भएपनि वित्तीय, प्रशासनिक र कानूनी हिसाबले संघीयता स्थापना भइसकेको बताउनुभयो । प्रशासनिक संयन्त्र केन्द्रिकृत प्रशासनको ढाँचाबाट आएकाले स्थानीय तहमा केही समस्या भएपनि अहिले कोभिडको संकटका बेला संघीयताको औचित्य पुष्टि भएको बताउनभुयो ।

सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान लेख्नु आफैमा उपलब्धी भएपनि त्यसमा लेखिएको कुराहरुको कार्यान्वयन महत्वपूर्ण पाटो भएको बताउनुभयो । संघीयता, सहभागितामूलक प्रजातन्त्र, सामाजिक न्यायका आधारभूत विषयहरुमा हामीले कति उपलब्धी हासिल गर्न सकेका छौँ त्यसको निर्मम मूल्याङ्कन हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले लोकसेवा आयोग, निजामति सेवा ऐन, नागरिकता ऐन समयमै नआउँदा समस्या भएको बताउनुभयो । संसदले आफ्नो प्राथमिकतामा राखेर यी ऐनहरुलाई अगाडी बढाउनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।

संविधानविद सूर्य ढुंगेलले राजनीतिक दलहरुले संवैधानिक आयोगमा गर्ने नियुक्तिले जनतामा चरम निराशा छाएको बताउनुभएको छ । आयोगका पदाधिकारी नियुक्ति गर्दा उपयुक्त र योग्य व्यक्ति छान्नुपर्नेमा त्यसो हुन नसक्दा भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रहरु नै भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने संयन्त्रका रुपमा अगाडी बढिरहेको सन्देश जनतामा गएको बताउनुभयो । पार्टीका नेताहरुले आफु अनुकुल व्यक्ति नियुक्ति गर्दा संविधानको सफल कार्यान्वयनमा समस्या देखिएको उहाँले बताउनुभयो ।

आज संविधान जारी भएको ५ वर्ष पुरा भएको छ । संविधान दिवस (राष्ट्रिय दिवस)का अवशरमा देशभरी नै विभिन्न कार्यक्रम गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्