Main News

डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै राजधानीमा प्रदर्शन

हिमालय टिभी
२०७७ असोज ३ गते १४:४६
डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै राजधानीमा प्रदर्शन

३ असोज, २०७७ काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने लगायतका माग राखेर जुम्लामा सत्याग्रह बसेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रदै गएको छ ।

डाक्टर केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै भदौ २९ गतेदेखि अनसन बसिरहनुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्दै जायज माग पूरा गर्न आग्रह गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको भन्दै यसलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।

०७५ साल साउन १० गते प्रधानमन्त्रीको अग्रसरतामा डा। केसीसँग सरकारले गरेको सम्झौता उल्लंघन गरिएको भन्दै कांग्रेसले ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ गर्नुपर्ने माग गरेको छ । यस्तै विवेकशील नेपाली दल, साझा पार्टीले पनि डाक्टर केसीको जीवन रक्षा गर्न माग गरेका छन् ।

डाक्टर केसीका माग पुरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन पनि भएको छ । ‘डा. केसीका माग पुरा गर, डा. केसीको जीवन रक्षा गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित युवाले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

१९औं पटक अनुसन बसेका डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग समेत राख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *