राजनीति

भ्रष्टाचार नियनत्रण चुनौतिपूर्ण छ तर भ्रष्टाचारीविरुद्ध बोल्दा ‘मुखमा पानी हालेर’ बोल्दिनँः प्रम ओली

हिमालय टिभी
२०७७ असोज ३ गते १३:०६
भ्रष्टाचार नियनत्रण चुनौतिपूर्ण छ तर भ्रष्टाचारीविरुद्ध बोल्दा ‘मुखमा पानी हालेर’ बोल्दिनँः प्रम ओली

३ असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चूनौतिपूर्ण रहेपनि भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ ।

संविधान दिवस (राष्ट्रिय दिवस) का अवशरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो ।

अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चूनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’ भ्रष्टाचारविरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक बर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको छ ।

उहाँले भन्नुभयो, ‘‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चूनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’ भ्रष्टाचारविरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक बर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको छ । राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाविरुद्ध ३१ अर्ब ५ करोडभन्दा बढीको बिगो दावीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको छ ।’’

प्रधानमन्त्री ओलीले विकास र उन्नतिको बाटोमा एकतावद्ध भएर अगाडी बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको बताउनुभयो । ओलीले कोरोनाका कारण कतिपय बाचा गरिएका कामहरु सम्पन्न हुन नसकेको बताउनुभयो । कोरोना नभएको भए ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची आयोजना, रानीपोखरीको पुनर्निर्माण, धरहरा निर्माण र निजी आवास पुनर्निर्माणको काम सम्पन्न भइसक्ने अवस्थामा पुग्ने’ दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना संकटका बेला पनि मूल्यवृद्धि नियन्त्रणमै रहेको बताउनुभयो । बन्दाबन्दी र निषेध आदेशको अवस्थामा पनि जनताका दैनिक आवश्यकताका वस्तुहरुको आपूर्ति निरन्तर भइरहेको उल्लेख गर्दै उहाँले इन्धन, खाद्यवस्तु, तरकारी, फलफूल, औषधि लगायतका अत्यावश्यक उपभोगका वस्तुहरुको आपूर्तिमा कमी हुन नदिइएको बताउनभुयो । .
वैदेशिक व्यापार घाटा सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बैकिङ्ग क्षेत्रमा रहेको पर्याप्त तरलताका कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएकोे बताउनुभयो ।

लकडाउनको अवधिमा पनि विकास निर्माणलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । लकडाउन अवधिमा १७८ किमी सडक कालोपत्रे भएको, ८९ मोटरेवल पुल निर्माण भएको र भूकम्पबाट भत्किएका ५३ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भएको उहाँले बताउनुभयो ।

डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन् । कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ । पहिलो केस पहिचान हुँदा पीसीआर परीक्षण देशभित्रको प्रयोगशालामा संभव नभएकाले त्यसको नमूना विदेश पठाउनु परेको थियो । हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा छन् ।

कोरोना महामारीलाई अवशरमा रुपमा लिँदै सरकारले उल्लेखनीय काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन् । कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ । पहिलो केस पहिचान हुँदा पीसीआर परीक्षण देशभित्रको प्रयोगशालामा संभव नभएकाले त्यसको नमूना विदेश पठाउनु परेको थियो । हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा छन् । परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि छ । शुरुको समयमा प्रतिपरीक्षण लागत रु ८ हजार ५ सय थियो । हाल निजी र सरकारी दुबै प्रकृतिका प्रयोगशालाहरुमा २ हजार रुपैंयामा परीक्षण हुन थालेको छ । सिङ्गो जनसंख्याको कम्तिमा २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको छ र त्यो अहिले कम हुने देखिएको छ । प्रति दश लाखमा पीसीआर परीक्षण ३० हजार नाघेको छ ।’’

उहाँले अहिलेको अवस्थामा १ हजार ५५१ बाट आइसीयु बेडको क्षमता २ हजार ६ सय पु¥याइएको र ७७० भेन्टिलेटरबाट अहिले ९ सय पु¥याइएको बताउनभुयो । कोरोना नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत एक सय जना जना पोष्ट ग्रेजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको उल्लेख गर्दै ओलीले २५ हब अस्पताल र २० शिक्षण अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टीमहरु तयारी अवस्थामा राखिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्