Main News

रेल आउँदा जनकपुरधाममा हेर्नेको यस्तो भीड, संचालनमा आउन अझै दुई महिना लाग्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २ गते २०:२९
रेल आउँदा जनकपुरधाममा हेर्नेको यस्तो भीड, संचालनमा आउन अझै दुई महिना लाग्ने (भिडियोसहित)

२ असोज २०७७ काठमाडौं । नेपाल सरकारले किनेको नयाँ रेल जनकपुरधाम आइपुग्दा हेर्ने भिड लागेको थियो । रेल आइपुग्दा उपस्थित भएकाले तालि बजाएर स्वागत गरे ।

आज आइपुगेको रेल तत्कालै संचालन भने हुनेछैन । किनकी अझै धेरै प्राविधिक काम बाँकी छन् । जनकपुरधाममा रेल आउँदा कस्तो दृष्य देखियो त ?

बिहानै ११ बजे रेल आउने चर्चापछि हेर्नका लागि ठुलो संख्यामा नागरिक जम्मा भएका थिए । सुक्रबाट दिउँसो करिव साढे एक बजे रेल जनकपुरधाम आइपुग्यो । रेल हेर्न जम्मा भएको भिडले तालीको गडगडाहटसँगै रेलको स्वागत गर्‍यो ।

रेल हस्तान्तरण गर्न आएका भारतीय अधिकारीलाई नेपाल सरकारको तर्फबाट नेपाल रेल्वेका पदाधिकारीले स्वागत गरे । भारत सरकारका प्रतिनिधी मुख्य यान्त्रिक अभियन्ता दिपक त्रिपाठी सहितको टोलीले रेल नेपाललाई हस्तान्तरण गर्‍यो ।

सात वर्षदेखि बन्द रहेको रेल आधुनिक तरिकाले सञ्चालन हुने भएपछि जनकपुरका स्थानीयसँगै व्यवसायी पनि उत्साहित देखिए । भारतवाट सामान ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको बताउँदै उनीहरु अव यो समस्या समाधान हुने विश्वासमा छन् ।

तामझामका साथ आएको रेल तत्कालै सञ्चालन हुने सम्भावना भने देखिएको छैन । नेपाल रेल्वे कम्पनीले जनकपुर जयनगर रेल संचालनमा आउन अझै डेढ दुई महिना लाग्ने बताएको छ ।

हस्तान्तरणका लागि ल्याइएको रेल सञ्चालन नहोउन्जेल भारतको जयनगर स्थित नेपाली स्टेशनमा राखिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *