Main News

हिमालय टेलिभिजनमा केहीबेरमा शुरु हुँदै विश्व चर्चित रियालिटी शो डान्सिङ विद दि स्टार्स (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २ गते १९:११
हिमालय टेलिभिजनमा केहीबेरमा शुरु हुँदै विश्व चर्चित रियालिटी शो डान्सिङ विद दि स्टार्स (भिडियोसहित)

२ असोज, २०८८ काठमाडौं । हिमालय टेलिभिजनमा विश्वकै नम्बर वान डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संस्करण आजदेखि शुरु हुँदैछ । आज ८ बजे यो शो को ग्रान्ड प्रिमियर हुँदैछ । ‘डान्सिङ विथ दि स्टार नेपालको प्रशारण’ हरेक शुक्रबार र शनिबार हिमालय टेलिभिजनमा हुनेछ ।

यसअघि दुई वटा अन्तर्राष्ट्रिय रियालिटी शो द भ्वाइस र रोडिजको प्रशारण गरिसकेको हिमालय टेलिभिजन एचडी अब अर्को रियालिटी शो ‘डान्सिङ विथ दि स्टार लिएर आएको छ । २६ श्रृङखलाको यो कार्यक्रममा ११ जना स्टार कलाकारले एक एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन् ।

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ पहिलो सिजनमा लोक गायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको रुपमा चर्चित हाँस्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य श्रृङ्खलाकी अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, मधेसकी सफल कलाकार पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमन्ता र बाल नृत्य कलाकार देबयान्सी बैदबार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन् ।

लकडाउनका कारण घरमै रहेका दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले हिमालय टेलिभिजनले यो रियालिटी शोको प्रशारण गर्न थालेको हो ।
गत चैतमा सबै तयारी पूरा भएर पनि लकडाउनका कारण डान्सिङ्ग विथ द स्टारको सुटिङ्ग रोकिएको थियो । कोरोना कहर नहटे पनि सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्दै डान्सिङ्ग विथ द स्टार शुरु अघि बढेको हो ।

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो हो ।

दर्शकको भोट र निर्णायकको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट बाहिरिने छन् । बिजेता जोडीले कुल २० लाख नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन ।

नेपालको अग्रणी बिजनेस ग्रुप आइएमइले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने पावर्डबाइ स्पोन्सर एनएमबी बैंक छ ।

असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाल लाइफइन्स्योरेन्स, अनलाईन खबर, नेपालहोम्स डटकम छन । आफ्ना मनपर्ने स्टार कन्टेस्टेन्टलाई आइएमइ पे को एप्स डाउनलोड गरी भोट गर्न सकिनेछ ।

हिमालय टेलिभिजन एचडीले ‘द भ्वाइस अफ नेपाल’ ‘हिमालय रोडिज’ प्रसारण गरिरहेको छ भने ‘द भ्वाइस अफ नेपाल किड्स’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता बिश्वचर्चित रियालिटी शो प्रसारण गर्ने तयारी गरिरहेको छ । डान्सिङ वीथ द स्टार्स प्रसारण सुरु भएसँगै भ्वाइस अफ नेपाल सिजन थ्रीको डिजिटल अडिसनसमेत सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *