Main News

डा. केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघको माग

हिमालय टिभी
२०७७ असोज २ गते १३:३४
डा. केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघको माग

२ असोज, २०७७ काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

संघले भदौ २९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रहमा बसेका डाक्टर केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको हो ।

संघले विज्ञप्ति निकालेर गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि डाक्टर केसीले गरेको सत्याग्रहको कदर गर्दै सरकारले वार्ताद्वारा जायज माग सम्बोधन गर्न माग गरेको छ ।

विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डाक्टर केसी भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरको बामिरामष्ट मन्दिरमा अनसन बसिरहनुभएको छ ।

आफ्नो माग पूरा नभएसम्म अनसन बस्ने डाक्टर केसीको अडान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *