Main News

नेपालमा थप १२४६ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र ६१८ जना भेटिए, १२४३ डिस्चार्ज

हिमालय टिभी
२०७७ असोज १ गते १६:४५
नेपालमा थप १२४६ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र ६१८ जना भेटिए, १२४३ डिस्चार्ज

१ असोज, २०७७ काठमाडौं । नेपालमा थप१ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार २ सय ४१ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा करिव ७२ प्रतिशतले कोरोना जितेको बताउनुभयो । उहाँका अनुसार गत २४ घण्टामा १ हजार २ सय ४३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन्। योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०७ , भक्तपुरमा ५० र ललितपुरमा ६१ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १६४ महिला र ३४३ पुरुष, भक्तपुरमा २९ महिला र २१ पुरुष, ललितपुरमा ३१ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

बुधबार काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी उपत्यकाका ७३७ कोरोना भाइरस संक्रमित थपिएका थिए ।

गत २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर पद्धतिबाट कोरोना परीक्षण गरिएको छ। हालसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर पद्धतिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए।

डिस्चार्ज हुनेहरुमा प्रदेश १ मा ३ हजार ७८ सय ७१, प्रदेश २ मा ११ हजार ७ सय १७, बागमती प्रदेशमा ९ हजार ४ सय ११, गण्डकी प्रदेशमा २ हजार ४ सय ६४, प्रदेश ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ जना रहेका छन्। उनका अनुसार हालसम्म ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रिय संक्रमित मध्ये ७ हजार ९ सय ३ जना संस्थागत आइसोलेसनमा र ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेका छन्।

नोभेल कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमण बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *