समाज

महानगरीय प्रहरी वृत्त थिमीका ६३ जना प्रहरीमा कोरोना पुष्टि, काम प्रभावित

हिमालय टिभी
२०७७ भदौ ३१ गते १८:५९
महानगरीय प्रहरी वृत्त थिमीका ६३ जना प्रहरीमा कोरोना पुष्टि, काम प्रभावित

३१ भदौ, २०७७ भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र वृत्त मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण भएपछि काम प्रभावित बनेको छ ।

बृत्तमा कार्यरत एक सय तीस जना प्रहरीको स्वाब संकलन गरी परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा प्रहरी निरीक्षकदेखि जवानसम्म छन् ।

एकै पटक धेरै प्रहरी संक्रमित भएपछि वृत्तमा मुद्दा फाँटको अत्यावश्यक काम मात्रै भइरहेको वृत्तका प्रमुख डिएसपी ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमण नदेखिएका प्रहरीलाई मोवाइल गस्तिमा पठाएको र केहि प्रहरीलाई भने कार्यालयमा डिउटीमा राखिएको छ ।

सधैंजसो भिडभाड हुने थिमी वृत्त अहिले भने सुनसान जस्तै बनेको छ । अत्याश्यक बाहेक अन्य काममा वृत्तमा नआउन सेवाग्राहीलाई डिएसपी कँडेलले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *