Main News

हिमाल आरोहण गर्न बहराइनका राजकुमारको टोली नेपालमा

हिमालय टिभी
२०७७ भदौ ३१ गते १२:५६
हिमाल आरोहण गर्न बहराइनका राजकुमारको टोली नेपालमा

३१ भदौ, २०७७ काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि आज नेपाल आएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे राजकुमार खलिफा नेतृत्वको टोली सवार जहाज काठमाडौंमा अवतरण गरेको हो ।

टोलीलाई शेख इशा एयरबेसबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । काठमाडौंका लागि उड्नुअघि टोलीलाई बहराइनस्थित नेपाली दूतावासले विदाइ गरेको थियो ।

बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् । दूतावासका अनुसार यो टोली नेपालमा दुई महिना बस्ने छ ।

त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा लिएको छ ।

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य पछिल्लो १५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहेको समेत दूतावासले जनाएको छ । त्यसपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो ।

परीक्षणमा सबैको नेगेटिभ नतिजा आएको थियो । यो टोलीले नेपालमा रहँदा समेत सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *