Main News

एकाबिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

हिमालय टिभी
२०७७ भदौ ३१ गते ६:१६
एकाबिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

३१ भदौ, २०७७ काठमाडौं । २०७२ सालको विनासकारी भुकम्पले थिलोथिलो भएर पटक पटक पहिरोको चपेटामा परेको सिन्धुपाल्चोकमा एकाविहानै ठूलो भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर विहान छ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका थिए । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।

काठमाडौँ उपत्यकाका लगायत अन्य नजिकका जिल्लामा पनि भूकम्पको धक्का महशुस भएको सामाजिक सञ्जालहरुमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *