आर्थिक

बाेटमा यसरी लटरम्म फलेका कागती किन्ने काेही भएन (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३० गते २०:५१
बाेटमा यसरी लटरम्म फलेका कागती किन्ने काेही भएन (भिडियोसहित)

३० भदौ, २०७७ रुपन्देही । रुपन्देहीमा व्यवसायीक रुपमा कागती खेती गर्दै आएका किसान बजार नपाएर चिन्तामा छन् । लकडाउन र निषेधाज्ञाका कारण कागति वजार पुर्‍याउन समस्या छ । स्थानीय तहले कागती विक्रिको लागि सहज व्यवस्थापन गर्न सकेको छैन ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ रानीवगीयाका किसान नरेन्द्र पाण्डेले व्यवसायीक रुपमा कागती खेती गर्न थालेको करिव ५ बर्ष भयो ।

शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा ८ कठ्ठा जमिनमा उहाँले कागति खेति गर्दै आउनुभएको छ । पाण्डेको बगैचामा अहिले ३० क्वीन्टलभन्दा बढि कागती फलेको छ । तर विक्रि गर्न नसक्दा बोटमा नै कागती कुहिने संभावना देखिएको छ ।

विगतका बर्षमा बुटवलका व्यापारी कागति किन्न बगैंचामै पुग्थे । तर अहिले स्थानीय रुपमा केही क्वीन्टल खपत भए पनि अधिकांस बोटमै छन् । ग्रीन लाईफ ईनर्जी एग्रो फर्म दर्ता गरेर व्यवसायीक उत्पादन शुरु गरेका पाण्डेले बजारीकरणका लागि स्थानीय तहले सहयोग नगरेकोमा दुखि हुनुहुन्छ ।

सुरुवाती अवस्थामा ५ लाख लगानीबाट सुरुवात गरिएको पाण्डेको कागति खेती अहिले फस्टाउँदै गएको छ । उहाँले बेसार खेती पनि शुरु गर्नु भएको छ । तर लकडाउन र निषेधाज्ञाका कारण उत्पादन बजार पुर्‍याउन नसकेपछि पाण्डेजस्ता साना किसान अहिले चिन्तामा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *