गाडी थन्किँदा सवारी धनी र मजदुरको अवस्था दयनीय, ब्याज र किस्ता तिर्न कठिन (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३० गते १८:५९
गाडी थन्किँदा सवारी धनी र मजदुरको अवस्था दयनीय, ब्याज र किस्ता तिर्न कठिन (भिडियोसहित)

३० भदौ, २०७७, पाल्पा । ६ महिनादेखि यातायातका साधन थन्किदा यससंग सम्बन्धित सवारी धनी तथा आश्रित मजदुरको अबस्था दयनिय बन्न पुगेको छ । यात्रुबाहक सवारी नचल्दा बैंकको ब्याज र किस्ता तिर्न हम्मे हम्मे परेको ब्यावसायीको गुनासो छ ।

कोरोना कहर हट्ला र लकडाउन खुल्ला भन्दै बसेका बस व्यबसायी अहिले चिन्तित मात्र होइन डिप्रेसनमा पुग्ने अबस्थामा छन् । महिनौंदेखि बस पार्किङ गरेको स्थान झारपातले भरिएको छ ।

लामो समय गाडी थन्किदा अधिकांश यात्रुबाहक सवारी साधनका व्याट्री, टायर कामै नलाग्ने भैसकेका छन भने भित्रका पार्टपुर्जामा खियाँ लागेको व्यवसायीको दुखेसो छ । सरकारले लकडाउनको अबधिमा किस्ता नउठाउन भने पनि निजी बैंकले बारम्बार ताकेता गरेर हैरान पारेपछि उनीहरु झन समस्यामा परेका छन् ।

सरकारले असोज ५ गतेदेखि लामो दुरीका सवारी साधन चलाउने निर्णय गरे पनि बस मर्मत गरी सडकमा ल्याउने पैसा समेत नभएको व्यबसायीको गुनासो छ । ग्यारेज, पार्किङ्ग, तथा घरमा थन्किएका बस मर्मतमा मात्रै लाखौं रुपैयाँ खर्च आउने उनीहरुको अनुमान छ ।

व्यवसायी मात्रै हैन, सार्वजनिक यातायात सञ्चालन नहुँदा मजदुर पनि चर्को मारमा परेका छन् ।

असोज ५ गतेदेखि सवारी चलाउने भनिए पनि कोरोना त्रासका कारण यात्रु पाउनेमा भने ब्यवशायी सशंकित छन् । सवारी साधन नियमित चलाउने वातावरण बनाउन सरकारले विना व्याज ऋण उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *