Main News

जाँदाजाँदै कुलमान घिसिङले भने–मेरो प्रेरणाका स्रोत नेपाली जनता हुन् (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३० गते १६:५९
जाँदाजाँदै कुलमान घिसिङले भने–मेरो प्रेरणाका स्रोत नेपाली जनता हुन् (भिडियोसहित)

३० भदौ, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङको औपचारिक रुपमा विदाई भएको छ । प्राधिकरणका कर्मचारीले कार्यक्रम गरी घिसिङको विदाई गरेका हुन् ।

भदौ १८ गते पदावधि सकिएका घिसिङलाई सरकारले पुनः नियुक्त नगरेपछि आज बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा घिसिङले आफ्नो प्रेरणाको स्रोत नेपाली जनता भएको र आगामी दिनमा आप्ना सबै काम नेपाल र नेपाली जनताको हितमा केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अब आउने कार्यकारी निर्देशकलाई पनि चुनौती रहेको घिसिङले बताउनुभयो । अन्त्य भएको लोडसेडिङको अवस्थालाई यथावत राख्नुपर्ने, विद्युत आपूर्ति थपिँदै गएकाले त्यसको सही तवरले व्यवस्थापन गर्नुपर्ने, विद्युतको चुहावट नियन्त्रण गर्दै प्राधिकरणलाई सबल र सक्षम बनाउन अबको प्रमुखले सही नेतृत्व दिन सक्नुपर्ने घिसिङले बताउनुभयो ।

शनिबार वा अरू बिदाका दिन, रातबिहान नभनी प्राधिकरणमा आफूसँगै खटेको भन्दै उहाँले टिमलाई धन्यवाद दिनुभयो । आफू माथि गलत आरोप लगाइएको भन्दै उहाँले खण्डन पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *