Main News

कोरोनाका कारण नेपालमा रोकिएका विदेशी नागरिकका लागि भिसा सेवा शुरु

हिमालय टिभी
२०७७ भदौ २९ गते १८:०२
कोरोनाका कारण नेपालमा रोकिएका विदेशी नागरिकका लागि भिसा सेवा शुरु

२९ भदौ, २०७७ काठमाडौं । अध्यगमन विभागले कोरोना भाइरस (कोभिड—१९) का कारण नेपालमा रोकिएका विदेशी नागरिकको भिसा सेवा शुरु गरेको छ ।

अन्तर्राष्ट्रिय उडान खुला भएसँगै नेपालमा लकडाउन र निषेधाज्ञाले रोकिएका विदेशी पर्यटकको भिसा सहजीकरणका लागि सेवा शुरु गरिएको विभागले जनाएको छ ।

विभागले सेवा सुरु गरेपछि पर्यटक, कामदार भिसा र एनआरएन भिसामा आएर रोकिएकालाई आफ्नो देश फर्किन सहज हुने विभागका महानिर्देशक रमेश केसीले बताउनुभयो ।

भिसाको म्याद सकिएकाहरुका हकमा सेप्टेम्बर १५ (भदौ ३०) सम्म आफ्नो देश फर्किन समय दिइएको छ । तोकिएको समयमा फर्किएमा कुनै शुल्क लाग्ने छैन । तोकिएको समयमा पनि फर्किन नसकेमा डिसेम्बर १५ (मंसिर मसान्त) सम्म लागु रहने गरी हरेकले तीन डलर जरिवाना तिरेर बस्न सक्नेछन् ।

लकडाउनपछि बन्द अन्तर्राष्टिय उडान भदौ १६ गतेदेखि शुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *