Main News

महिलालाई खाडी मुलुकमा घरेलु श्रम गर्न जान रोक लगाउन सुझाव

हिमालय टिभी
२०७७ भदौ २९ गते १७:४१
महिलालाई खाडी मुलुकमा घरेलु श्रम गर्न जान रोक लगाउन सुझाव

२९ भदौ, २०७७ काठमाडौं । सांसदहरुले महिलालाई खाडी देशमा घरेलु श्रम गर्न जान रोक लगाउन सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सुरक्षाको दृष्टिकोणले खतरा रहेका देशमा महिलालाई श्रम गर्न जान रोक लगाउनुपर्ने बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का सांसद मुकुन्द न्यौपानेले सबै पार्टीसँग सम्बन्धित गिरोहले महिलालाई खाडी मुलुक पठाउन दवाव दिने गरेको आरोप लगाउनुभयो । उहाँले सरकारी अधिकारीले महिलालाई घरेलु श्रमिकको रुपमा विदेश पठाउने कुरै गर्न नहुनेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सांसद प्रकाश रसाईली स्नेहीले विदेशमा समस्यामा परेका महिलालाई उद्धार गर्न कुनै पनि ऐन, नियम, कार्यविधि आवश्यक नपर्ने भन्दै तत्काल उद्धार गर्न माग गर्नुभयो ।

महिला तथा समाजिक समितिका सभापति निरुदेवी पालले सबै देशको आ–आफ्नै कानून हुने भएकाले नेपाली श्रमिकको सुरक्षाका लागि देश अनुसार फरक–फरक नीति बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *