Political Hightlights

राजनीतिक दलहरु नै संविधान कार्यान्वयनमा बाधक बनेको बारको ठहर

हिमालय टिभी
२०७७ भदौ २९ गते १६:५९
राजनीतिक दलहरु नै संविधान कार्यान्वयनमा बाधक बनेको बारको ठहर

२९ भदौ, २०७७ काठमाडौं । नेपाल बार एशोसिएशनले राजनीतिक दलहरुनै संविधान कार्यान्वयनमा बाधक बनेको ठहर गरेको छ ।

बारको भर्चुअल राष्ट्रिय भेलाले संवैधानिक नियुक्तिमा भागबण्डा गरेर सत्तापक्ष र प्रतिपक्षले संविधान कार्यान्वयनमा समस्या सिर्जना गरेको ठहर गरेको हो ।

नेपाल बार एशोसिएशनका महासचिव लिलामणि पौडेलले राजनीतिक दलका कारण संविधानमा लागेको ‘खोट’को परिणाम न्यायपालिकामा समेत देखिएको टिप्पणी गर्नुभयो ।

महासचिव पौडेलले न्याय परिषदको संरचना र संसदीय सुनुवाईमै सौदाबाजी हुने भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा हुने षडयन्त्रका कारण कानूनी राज्य स्थापनामा समस्या देखिएको बताउनुभयो। न्यायाधीश नियुक्तिमै षड्यन्त्र भैरहेको भन्दै श्रेष्ठले अहिले न्यायपालिका नाममा मात्रै स्वतन्त्र रहेको टिप्पणी गर्नुभयो ।

कोरोना संक्रमण दिनदिनै बढिरहेकाले कानून व्यवसायीको पीसीआर परीक्षणको प्रबन्ध मिलाउन र उपचारका लागि प्रभावकारी समन्वय संयन्त्र स्थापना गर्न पनि बारले सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्