Political Hightlights

नेकपा एकता महाधिवेशनका लागि संगठन विभाग सक्रिय

हिमालय टिभी
२०७७ भदौ २८ गते १८:४५
नेकपा एकता महाधिवेशनका लागि संगठन विभाग सक्रिय

२८ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद समाधान भएसँगै एकता महाधिवेशनका लागि संगठन विभाग सक्रिय भएको छ ।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

मंसिरभित्र नवीकरण सक्नेगरी विभागले तीन महिने कार्ययोजना बनाएको छ । असोज मसान्तभित्र सदस्यको विवरण संकलन गर्ने, कार्तिकभित्र अद्यावधिक र मंसिरभित्र नवीकरण गर्ने तयारी छ ।

तत्कालीन एमालेका ५ लाख र माओवादी केन्द्रका ३ लाखगरी नेकपाका ८ लाख पार्टी सदस्य रहेको नेकपाले जनाएको छ ।

बैठकले १५ दिनभित्र प्रदेश दुईमा देखिएका समस्या हल गर्न संगठन विभागका प्रमुख गौतम र उपप्रमुख जनार्दन शर्मालाई जिम्मा समेत दिएको छ ।

नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीको लागि कार्तिक १५ गतेदेखि १७ गतेसम्म पार्टीको केन्द्रीय कमिटी बैठक समेत नेकपाले बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्