Main News

एम्बुलेन्स दुरुपयोग भएको पाइए दर्ता खारेज गर्ने चेतावनी

हिमालय टिभी
२०७७ भदौ २८ गते १७:५६
एम्बुलेन्स दुरुपयोग भएको पाइए दर्ता खारेज गर्ने चेतावनी

२८ भदौ, २०७७ काठमाडौं । सरकारले बिरामी बोक्नेबाहेकका काममा प्रयोग भएको पाइएमा एम्बुलेन्सको दर्ता खारेज गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाइए तुरुन्त दर्ता खारेज गर्ने र एम्बुलेन्स सञ्चालन गर्ने संस्थालाई भविष्यमा पनि एम्बुलेन्स सञ्चालन गर्न नदिने जनाएको छ ।

कोरोना महामारी रोकथामका लागि सरकारले लामो दूरीको सार्वजनिक यातायात बन्द गरेको मौका छोपी एम्बुलेन्सले चर्को शुल्क लिएर मानिस ओसार पसार गरेको गुनासो बढेकाले सरकारले दर्ता खारेज गर्नेसम्मको चेतावनी दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *