वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा शुरु

हिमालय टिभी
२०७७ भदौ २८ गते ९:१७
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा शुरु

२८ भदौ, २०७७, धरान । एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आजदेखि ओपीडी सेवा सञ्चालन गरेको छ ।

प्रतिष्ठानका निर्देशक प्रा डा गौरीशंकर साहले सूचना जारी गर्दै आजदेखि ओपीडी सेवा सञ्चालन आएको जानकारी दिनुभएको छ।

स्थानीय, प्रदेश र संघीय सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गएको कारण प्रतिष्ठानले पनि ओपीडी सेवा सुरु गर्ने निर्णय गरेको अस्पताल निर्देशक डा साहले जानकारी दिनुभयो ।

डा साहका अनुसार ओपीडी सेवालाई सुरक्षित र व्यवस्थित गर्नको लागि चाहिने पीपीई, आवश्यक सुरक्षा, सामाजिक दूरी, हातधुने लगायतको प्रबन्ध गरिएको छ ।

प्रतिष्ठानमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि प्रतिष्ठानले साउन २८ गतेदेखि ओपीडी सेवा बन्द गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *