समाज

कैलालीका सडकमा फाट्टफुट्ट सार्वजनिक यातायात, तैपनि छैनन् यात्रु

हिमालय टिभी
२०७७ भदौ २७ गते १८:०४
कैलालीका सडकमा फाट्टफुट्ट सार्वजनिक यातायात, तैपनि छैनन् यात्रु

२७ भदौ, २०७७ कैलाली । कैलालीमा अहिले निशेधाज्ञा खुकुलो छ । सार्वजनिक सवारी साधन पनि जोर विजोर प्रणालीमा सञ्चालन भएका छन् । तर सवारी साधनमा यात्रु भने न्युन छन् ।

सुदूरपश्चिमको मुख्य पर्ब गौरा र हिन्दु नारीको महान चाड हरितालिका तिजका बेला भिडभाड बढ्ने भन्दै कैलालीमा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । १९ गते रातीबाट भने निषेधाज्ञा खुकुलो बनाइएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै धेरै ब्यापार ब्यवसाय खुलेका छन् । जिल्लाभर जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन भएका छन् । सवारी साधन चलेपनि यात्रु भने खासै छैनन् ।

पहिला दैनिक ५ देखि ६ हजार रुपैयाँसम्म बचाउने गरेका चालक अहिले १ हजार रुपैयाँ पनि नबच्ने बताउँछन् । तर पनि केही नगरी घर बस्नु भन्दा जोखिम भए पनि यातायात सञ्चालन गर्नु नै उनीहरुलाई उचित लागेको छ ।

अहिले धेरै स्थानमा सार्वजनिक सवारी साधन चलेका छैनन् । चलेका ठाउँमा पनि कोरोनाको डरले यात्रुको आवाजाही निकै कम छ । यसले यातायात संचालक इन्तु न चिन्तुको अवस्थामा पुगेका छन् । उनीहरु अवस्था सहज भएर ढुक्कले काममा फर्कने दिनको पर्खाइमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *