Main News

सीटीईभीटीईमा पढ्न चाहनेलाई खुल्यो अवसर (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते २०:३९
सीटीईभीटीईमा पढ्न चाहनेलाई खुल्यो अवसर (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीईले डिप्लोमा तथा प्रमाणपत्र तहका ३० वटा विषयका लागि आवेदन खुल्ला गरेको छ । परिषद्ले सशुल्क र निशुल्क पढ्नेका लागि अनलाइनबाटै निवेदन दिन सक्ने गरी आवेदन खुलाएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीईले कोरोना कहरकैबीच ३० वटा विषयमा अध्ययनका लागि ३० हजार सिटको आवेदन खुल्ला गरेको हो । यसअघि प्रवेश परीक्षा लिएर विद्यार्थी छनोट गर्ने गरेको सीटीइभीटीईले यो वर्ष भने विद्यार्थीको लाब्धाकंलाई आधार मानी छनोट गर्नेछ ।

शुल्क तिरेर पढ्न चाहने र छात्रवृद्धिमा पढ्न चाहने दुवै विद्यार्थीले आवेदन दिन सक्ने छन् । सीटीईभीटीईको वेबसाइटमा गएर विद्यार्थीले अनलाइन फर्म भर्न सक्ने व्यवस्था गरिएको छ । यो वर्ष ३ हजार ६७ विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्तिमा आवेदन दिनेको छनोट पनि उनीहरुले कक्षा आठ र एसइईमा प्राप्त गरेको अंकका आधारमा हुनेछ ।

प्रमाण पत्र तहको चिकित्सा क्षेत्रमा अध्ययन गर्नेहरुले एसईईमा गणित, अंग्रेजी र विज्ञानमा न्यूनत्तम सी ग्रेड सहित जिपिए २ ल्याएको हुनुपर्नेछ । डिप्लोमा तहमा इन्जिनियरिङ पढ्न चाहनेले एसएलसी वा एसईईमा कम्तिमा गणित र विज्ञानमा सी र अंग्रेजीमा डी ग्रेड ल्याउनेले आवेदन दिन पाउँछन् ।

डिप्लोमा तहकै कृषिसँग सम्बन्धित विषयका लागि एसईई वा एसएलसीमा न्यूनत्तम अंग्रेजी, गणित र विज्ञान मध्ये कुनै दुईमा विषयमा सी’ र अर्को एक विषयमा डी’ ग्रेड ल्याएका व्यक्तिले आवेदन दिन पाउनेछन् । होटल म्यानेजमेन्ट, इन्टरपेनरसीप डेभलपमेन्ट र सोसियल वर्करमा डिप्लो गर्नका लागि एसईई वा एसएलसीमा न्यूनत्तम अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम डी ग्रेड ल्याएकाहरुले आवेदन दिन पाउनेछन् ।
सिटिइभिटीले जनरल मेडिसिन, नर्सिङ्ग र फार्मेसी पढ्न चाहानेको लागि अधिकतम शुल्क चार लाख ७४ हजार तोकेको छ । अन्य विषयको लागि भने शुल्क निर्धारण गरिएको छैन ।

छात्रवृत्ति र सशुल्क दुवैको आवेदन असोज १५ भित्र दिईसक्नुपर्नेछ । कोरोना कहरको अवस्था सामान्य बन्दै गए, मंसिर ७ गतेदेिख कक्षा सुरु गर्ने तयारी सीटीईभीटीईले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *