Main News

भक्तपुरमा एउटा घरमा तीन जना मृत फेला

हिमालय टिभी
२०७७ भदौ २६ गते १९:२७
भक्तपुरमा एउटा घरमा तीन जना मृत फेला

२६ भदौ, २०७७, भक्तपुर । भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्।

मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ । घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् ।

यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *