Political Hightlights

चैत अन्तिम साता एकता महाधिवेशन गर्ने नेकपाको निर्णय, एमसीसी परिमार्जन गरेर पारित गरिने (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते १६:५३
चैत अन्तिम साता एकता महाधिवेशन गर्ने नेकपाको निर्णय, एमसीसी परिमार्जन गरेर पारित गरिने (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले ०७७ साल चैत २५ देखि ३० गतेसम्म पार्टीको एकता महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको छ ।

त्यसको तयारीका लागि कार्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय आज बसेको स्थायी कमिटी बैठकले गरेको हो ।

नेकपाको स्थायी कमिटी बैठकले दुई अध्यक्षको अधिकारसमेत तोकेको छ । ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने निर्णय नेकपाले गरेको छ ।

यस्तै भारतसँग छिटो वार्ता गरी सीमा समस्या समाधान गर्न पनि नेकपाले सरकारलाई आग्रह गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको पछिल्लो एकतासँगै देशी विदेशी शक्तिको षडयन्त्र असफल भएको घोषणा समेत गर्नुभएको छ ।

बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्