Main News

चितवन, पोखरा र वीरगञ्जमा गरिएको परीक्षणमा १३३ जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ २६ गते १२:४१
चितवन, पोखरा र वीरगञ्जमा गरिएको परीक्षणमा १३३ जना कोरोना संक्रमित थपिए

२६ भदौ, २०७७ काठमाडौं । चितवन, पोखरा र वीरगञ्जमा गरिएको परीक्षणमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान ११ बजे दिएको तथ्याङ्क अनुसार नवलपुरका मात्रै ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

कास्कीका १२, तनहुँका ११, लमजुङका ५ तथा स्याङ्जा र पर्वतका २र२ जना संक्रमित भएका हुन् ।

यसैगरी, चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ४० सहित ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नवलपरासी पूर्वका पाँच, गोखाका ३, मकवानपुर र तनहुँका २र२ तथा बारा र रुपन्देहीका १र१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यस्तै, नारायणी अस्पतालको प्रयोगशाला वीरगञ्जमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका गरी थप १४ जनामा संक्रमण पुष्टि भएको छ ।

२ सय ९४ वटा स्वाब परीक्षण गरिएकोमा पर्साका २, बाराका ११ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभययो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *