समाज

खानेपानी संस्थान पोखराका कर्मचारी घुससहित पक्राउ

हिमालय टिभी
२०७७ भदौ २५ गते १९:१२
खानेपानी संस्थान पोखराका कर्मचारी घुससहित पक्राउ

२५ भदौ, २०७७, पोखार। खानेपानी संस्थान पोखराका एकजना कर्मचारीलाई घुस रकम सहित पक्राउ परेका छन ।

प्रशासन सहायक पदमा कार्यरत कृष्णहरि वाग्लेलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्रेको हो ।

घरमा जडान गरिएको खानेपानीको मिटर बिग्रेको र फेर्न घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले पोखरा बगरस्थित रेष्टुरेण्टबाट वाग्लेलाई पक्रेको अख्तियारको पोखरा कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *