Main News

अनलाइन कक्षा सञ्चालन गर्ने निजी विद्यालयलाई शुल्क लिन बाटो खुल्यो

हिमालय टिभी
२०७७ भदौ २५ गते १८:२२
अनलाइन कक्षा सञ्चालन गर्ने निजी विद्यालयलाई शुल्क लिन बाटो खुल्यो

२५ भदौ, २०७७ काठमाडौं । सरकारले निजी विद्यालयलाई अनलाइन कक्षा पढाएर शुल्क लिने बाटो खुल्ला गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका स्वीकृत गर्दै शुल्क लिन पाउने व्यवस्था गर्नुभएको हो ।

यो निर्देशिका अनुसार अब निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाउने छन् । यसअघि शिक्षा मन्त्रालयले विद्यालयहरुलाई असार १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । तर अब भने उनीहरुले शुल्क लिन पाउने छन् ।

निर्देशिकाले विद्यार्थीलाई रेडियो, टेलिभिजन र अनलाइन जे उपलब्ध त्यो माध्यमबाट पढाउनु पर्ने यसअघिको निर्णलाई कायमै राखेको छ ।

यस्तै कोरोना भाइरस संक्रमणका कारण आगामी असोज १ गतेसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *