Main News

जेठयता एउटा नाकाबाट मात्रै २२ हजारभन्दा बढी नेपाली भारत गए (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २४ गते १९:५८
जेठयता एउटा नाकाबाट मात्रै २२ हजारभन्दा बढी नेपाली भारत गए (भिडियोसहित)

२४ भदौ, २०७७, कञ्चनपुर । भारतमा दिनहुँ कोरोना संक्रमण बढिरहेको छ । घर फर्किएका नेपाली यत्तै सुरक्षित हुने अवस्था थियो । तर रोजगारी नभएकाले रोगभन्दा भोक ठूलो भनेर भारत जानेको संख्या दिनहुँ बढिरहेको छ । कैलालीको त्रिनगर नाकाबाट मात्रै जेठदेखि भदौ २३ गतेसम्म २२ हजार भन्दा बढी नेपाली नागरिक काम खोज्दै भारत छिरेका छन् ।

सुदुरपश्चिमको त्रिनगर र गड्डाचौकी नाकामा हरेकदिन भिडभाड देखिन्छ । यो नाका हुँदै हरेक दिन सयौं नेपाली कामको खोजी गर्दै भारत जान्छन् ।

पदमराज जोशी र बलबहादुर नेपालीलाई कोरोनाले मरिन्छ भन्ने डर नभएको हैन, तर भोकले मर्नुभन्दा रोगले मर्नु कताकता ठीक लागेको छ । अनि मनमा डरैडर बोकेर भारत लाग्नु भएको छ । पदमराज र बलबहादुरकै बाटो हिंड्न लालप्रसाद भट्ट पनि विवश हुनुहुन्छ ।

देशमै रोजगारी पाए कम ज्यालामै काम गर्न पनि तयार छन, उनीहरु ।कोरोना संक्रमणका कारण रोजगारी गुमाएर घर फर्किएका नेपाली अहिले फेरि भारत फर्किएका छन् । एक दुई, पाँच दश, पचास सय गर्दै कैलालीको त्रिनगर नाकाबाट जेठ २ गते यता भदौ २२ गतेसम्म २२ हजार भन्दा धेरै नेपाली भारत पसेका छन । र, त्यसमा ६ हजार भन्दा बढी महिला छ ।

पछिल्लो पटक कञ्चनपुरको गड्डाचौकी नाकाबाट पनि भारत जाने बढिरहेका छन् । सरकारले रोजगारी दिन नसकेपछि फेरि थातथलो छोडेका नागरिकलाई सीमामा खटिएका नेपाली सुरक्षाकर्मीले भारत जान सहजीकरण गरिरहेका छन ।

त्यसो त भारतबाट नेपाल आउने नभएका होइनन, तर भारतबाट आउने भन्दा जाने धेरै छन् । र, यो भारतीय संचार माध्यममा पनि ठूलै खबर बनिरहेको छ ।

कोरोना संक्रमणले रोजगारी गुमाएर घर फर्किएका नेपाली फेरि पनि रोजगारीकै लागि भारत हान्निएका छन् । यसका लागि प्रमुख रुपमा सरकार नै जिम्मेवार छ । किनकी महामारीका बेला सरकारले नागरिकलाई अभिभावकीय भूमिकामा म छु भनेर आभाष गराउन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *