Main News

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय, के खुल्छन् के खुल्दैनन् ? (आदेशसहित)

हिमालय टिभी
२०७७ भदौ २४ गते १८:०३
उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय, के खुल्छन् के खुल्दैनन् ? (आदेशसहित)

२४ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ४ गतेदेखि लगाइएको निषेधाज्ञा सर्तसहित हटाइएको छ ।

गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि उपत्काका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हुन् ।

लामो समयसम्म निषेधाज्ञा लगाउँदा जनताको दैनिकीमा नकरात्मक असर पर्ने भन्दै निषेधाज्ञा खुकुलो बनाइएको हो । धेरै मानिस सहभागि हुने सभा सम्मेलन, जात्रा, जुलुसमा भने प्रतिबन्ध कायम नै छ ।

उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाए पनि उपत्यका प्रवेश गर्ने नाकाहरुमा भने थप कडाइ गर्ने निर्णय गरिएको दाहालले जानकारी दिनुभयो । जसअनुसार भोलिदेखि सबैप्रकारका निजी र १६ सिट भन्दा बढी यात्रु क्षमताका गाडी जोर विजोर प्रणालीमा चल्न पाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।


चालकसहित ३ जना र एकै परिवारका भए थप २ बालबच्चा राखेर ट्याक्सी पनि चलाउन पाइने छ । नयाँ व्यवस्था अनुसार औषधि तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरु २४ सै घन्टा खुल्ला हुन पाउने छन् ।

दैनिक उपभोग्यवस्त बेच्ने किरान पसल, डिपार्टमेन्ट स्टोर, फुटपाथका पसल ठेला गाडाका पसल बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ ।

सपिङ्ग मल, जुत्ता चप्पल बेच्ने फेन्सि पसल सोमबार बुधबार र शनिबार मात्र खोल्न पाइने छ । भाँडा र भान्साजन्य सामग्री बेच्ने पसल आइतबार मंगलबार र शुक्रबार खुल्ला हुने छन् ।

फर्निचर र अटोमोबाइल सोमबार र बुधबार मात्र खोल्न पाइने छ । पसल तथा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपले पालना गर्नु पर्ने छ । उद्योग कालकारखानाले श्रमिक तथ मजदुरका लागि उद्योग भित्रै खाने बस्ने व्यवस्था गर्नु पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *