समाज

गुल्मीमा विद्युत सबस्टेशन निर्माण शुरु, बत्ती गइरहने समस्या समाधानको आशा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २४ गते १७:३२
गुल्मीमा विद्युत सबस्टेशन निर्माण शुरु, बत्ती गइरहने समस्या समाधानको आशा (भिडियोसहित)

२४ भदौ, २०७७, गुल्मी । गुल्मीमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न सबस्टेशन निर्माण कार्य सुरु भएको छ । गुल्मीवासीको समस्या समाधान गर्न १३२ केभीए लाइनको विस्तार गर्न सबस्टेशन निर्माण कार्य सुरु भएको हो ।

विद्युतीय सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५,६ र ७ मा पर्ने उनायचौरमा १३२ केभीए लाइनको सबस्टेशन निर्माण कार्य सुरु भएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिए पनि बुटवलमा रहेको सबस्टेशनको क्षमताले काम नगरेपछि छुट्टै सबस्टेशन निर्माण थालिएको हो ।

नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा विद्युत सबस्टेशन निर्माण सुरु भएको हो । डेढ वर्षभित्र काम सक्ने गरी सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले सबस्टेशन निर्माणको जिम्मा लिएको छ ।

कपिलवस्तुको मोतिपुरमा रहेको सबस्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनायचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म विद्युत वितरण हुनेछ । सबस्टेशनको काम अबको एक डेढ बर्षभित्र सक्ने लक्ष्य छ ।

छिनछिनमा बत्ती जाने समस्याबाट आजित गुल्मेलीले यो सबस्टेशन बनेपछि केही राहत पाउने आशा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *