खेलकूद

युरोपियन नेशन्स लीग फूटबलमा पोर्चुगल र फ्रान्स विजयी

हिमालय टिभी
२०७७ भदौ २४ गते ७:५०
युरोपियन नेशन्स लीग फूटबलमा पोर्चुगल र फ्रान्स विजयी

२४ भदौ, २०७७ काठमाडौं । युरोपियन नेशन्स लीग फूटबल पोर्चुगल र फ्रान्स विजयी भएका छन् ।

समूह ए थ्री अन्तर्गत लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले स्विडेनलाई २(० गोलले हराएको छ । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

रोनाल्डोले ४५ औं र ७२ औं मिनेटमा गोल गरेका थिए । यससँगै रोनाल्डोले राष्ट्रिय टोलीबाट एक सय एक गोलको कीर्तिमान बनाएका छन् ।

राष्ट्रिय टिमबाट एक सय गोल पूरा गर्ने उनी पहिलो युरोपेली फुटबलर बने । लगातार दुई जितसँगै पोर्चुगल तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पोर्चुगलले क्रोएसियामाथि ४–१ को जित निकालेको थियो ।

समूह ए थ्री अन्तर्गत नै विश्व विजेता फ्रान्सले उपविजेता क्रोएसियामाथि ४–२ गोलको जित निकालेको छ । १६ औं मिनेटमा डिजेन लोभरेनको गोलमार्फत क्रोएसियाले शुरुवाती अग्रता बनायो ।

त्यसपछि ४३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले र इन्जुरी समयमा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोविचले आत्मघाती गोल गरेपछि फ्रान्सले २–१ गोलको अग्रता बनायो । क्रोएसियाका लागि ५५ औं मिनेटमा जोसिप ब्रेकालोले गोल गरेपछि खेल दुईदुईको बराबरी भयो ।

त्यसपछि फ्रान्सले लगातार दुई गोल गरेको थियो । उसका लागि ६५ औं मिनेटमा डायोट उपामेकानोले र ७७ औं मिनेटमा ओलिभर जिरउडले पेनाल्टीमार्फत गोल गरे । त्यसपछि थप खेल नहुँदा फ्रान्स ४–२ ले विजयी भयो ।

अन्य खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले, अर्मेनियाले इस्टोनियालाई तथा लिचेस्टाइनले सान मारिनोलाई समान २-० ले, अजरबैजानले साइप्रसलाई तथा मोन्टेनेग्रोले लग्जेम्बग्रलाई समान १–० हराए । त्यस्तै जोर्जिया र नर्थ मेसोडोनियमा एक(एकको बराबरीमा रोकिंदा इंग्ल्याण्ड र डेनमार्कले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्