आर्थिक

घरको छतभरि ड्रागन फ्रुट, बढायो उत्पादनले आम्दानी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २४ गते ६:१९
घरको छतभरि ड्रागन फ्रुट, बढायो उत्पादनले आम्दानी (भिडियोसहित)

२४ भदौ, २०७७ काठमाडौं । तिव्र गतिमा बढिरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन मासिँदै गएको छ । उत्पादनका हिसाबले उर्वरभूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर उर्जाशील किसानले यही कंक्रिटको जंगलका छानामा फलफूल र तरकारी उत्पादन गरेर आम्दानी गरिरहेका छन् ।

कोरोना भाइरस महामारी रोक्न लकडाउन र निषेधाज्ञाले बन्द रहेको काठमाडौंका केही बासिन्दाले घरको छतमा तरकारी र फलफूल उत्पादन गरेर आम्दानी गरिरहेका छन् ।

यसरी आम्दानी गर्ने मध्येका एक हुनुहुन्छ– बासुदेव ढकाल । ढकाल कार्यकारी निर्देशक रहेको नेपाल मल्टिप्लान्ट प्रोडक्ट एण्ड रिसर्च सेन्टरले खेतबारी, पाखा, भित्तामा मात्रामा हैन शहरी क्षेत्रका कौशीमा ड्रागन फ्रुटको खेती गराउने र उत्पादित फल किन्दै आएको छ ।

ड्रागन फ्रुटको खेती विस्तार गरेमा कोरोनाका कारण बेरोजगार युवालाई राहत दिने मात्रै होइन खाद्यान्न संकट, भोकमरी र अनिकाल न्यून गर्न सकिने ढकालको दावी छ ।

रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट स्याउ, सुन्तला, आँप कटहर खेतिभन्दा सहज र बजारीकरणका लागि सरल छ ।

उपत्यकाका घरका ५० प्रतिशत छतमा मात्रै ड्रागन फ्रुटको खेति गर्न सकिए १५ अर्ब रुपैयाँ बढीको उत्पादन हुने उहाँको अध्ययनले देखाएको छ । सरकारको नजरमा पनि यो परेकोले अब यो विस्तार हुने पनि ढकालको विश्वास छ ।

कोरोना भाइरसले सामाजिक र आर्थिक जीवन आक्रान्त छ । लाखौले रोजगारी गुमाएका छन । यस्तो अवस्थामा जग्गा हुनेले जग्गामै र जग्गा नहुने शहरी क्षेत्रका बासिन्दाले कौशीमै पनि गर्न सकिने काम गरे आम्दानी हुने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *