आर्थिक

बैंकहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न गभर्नर अधिकारीको आग्रह

हिमालय टिभी
२०७७ भदौ २३ गते १८:०३
बैंकहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न गभर्नर अधिकारीको आग्रह

२३ भदौ, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् ।

एकीकृत निर्देशिका २०७७ जारी गर्नुअघि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग भएको छलफलमा अधिकारीले अस्वस्थ प्रतिस्पर्धालाई हटाउन आग्रह गर्नुभएको हो ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा लगानीयोग्य रकम थुप्रिय पछि उनीहरुले ऋण लिने मान्छे खोसाखोस गर्न थालेका छन् । जसले अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।

अहिले बैंकहरुले आधार दरभन्दा कममा नै कर्जा लगानी गर्न थालेका छन्। यसले झनै जोखिम बढाउने भन्दै यस्तो प्रतिस्पर्धा रोक्न अधिकारीले आग्रह गर्नुभएको हो ।

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाले अहिले नाफा कमाउने बेला नरहेको भन्दै आफू पनि बाँच्ने र अरुलाई पनि बचाउनेतर्फ केन्द्रित हुन सुझाव दिनुभयो । बैठकमा बैंकरहरुले लगानीयोग्य रकम थुप्रिएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *