आर्थिक

बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुला रहने

हिमालय टिभी
२०७७ भदौ २३ गते १४:०२
बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुला रहने

२३ भदौ, २०७७ काठमाडौं । आजदेखि बिहीबारसम्म बैंक तथा तथा वित्तीय संस्थाका सबै शाखा खुलेका छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुलेका हुन् ।

राष्ट्र बैंकले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टर खोल्न गर्न निर्देशन दिएको थियो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदातालाई भनेको छ ।

राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

सीमित शाखा मात्रै खोल्दा भीड अत्यधिक हुनाले सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका निर्देशन जारी गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *