Main News

कोरोनामुक्त चिकित्सक भन्छन्– ‘म त मृत्युको मुखबाट बाँचेर आएँ, खेलबाड नगरौं’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २२ गते १९:५८
कोरोनामुक्त चिकित्सक भन्छन्– ‘म त मृत्युको मुखबाट बाँचेर आएँ, खेलबाड नगरौं’ (भिडियोसहित)

२२ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या देखिए पनि धेरै जना कोरोनामुक्त भएर पूर्ववत् अवस्थामा फर्किएका छन् ।

संक्रमणबाट जीवन मरणकै दोसाँधमा पुगेकाहरु पूर्ण रुपमा निको हुन पाउँदा खुसी छन् । तर उनीहरुको त्यो कोरोना अनुभव भने निक्कै तितो छ ।

डाक्टर ज्ञानेन्द्र कार्की कोरोना संक्रमणा भएपछि कन्भ्यालिसेन्ट प्लाज्मा थेरापीबाट उपचार गराउने नेपालको पहिलो व्यक्ति हुनुहुन्छ । गत महिना संक्रमण भएपछि उहाँलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरियो ।

अहिले पनि कोरोना केहि होईन भन्दै लापरबाही गर्ने धेरै छन् । जनमानसमा कोरोना बढी उमेरका मानिसलाई मात्र लाग्छ भन्ने धारणा पनि छ । तर कोरोनाले उमेर जात वर्ग र धर्म नहेर्ने भएकाले लापरबाही नगरी सतर्क हुनुपर्ने डाक्टर कार्कीको सुझाव छ ।

तर उहाँलाई ज्वरो आउने खोकी लाग्ने र स्वासप्रश्वासमा समस्या बल्झिँदै गयो । त्यसपछि उहाँलाई काठमाडौं ल्याइयो । त्रिवि शिक्षण अस्पतालमा साउन १५ गते कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी गरिएपछि उहाँलाई निको हुँदै गयो र उहाँले नयाँ जीवन पाउनुभयो ।

अहिले पनि कोरोना केहि होईन भन्दै लापरबाही गर्ने धेरै छन् । जनमानसमा कोरोना बढी उमेरका मानिसलाई मात्र लाग्छ भन्ने धारणा पनि छ । तर कोरोनाले उमेर जात वर्ग र धर्म नहेर्ने भएकाले लापरबाही नगरी सतर्क हुनुपर्ने डाक्टर कार्कीको सुझाव छ ।

कोरोना बेसार पानीले ठिक हुन्छ भन्ने भ्रम छ । तर डाक्टर कार्कीसँग अस्पतालको आइसीयू बेडमा भएको पीडा छ । आफ्नो उपचार सम्झदै उहाँ बेसार पानीको भ्रममा पर्नु र कोरोनालाई ख्यालख्याल सोच्नु गलत भएको बताउनुहुन्छ ।

सरकारले भनेको स्वास्थ्य सचेतना नमानी, मास्क नलगाउने, हात नधुने, जताभावी भीडभाडमा जाने र सामाजिक दूरी पालना नगर्ने हो भने कोरोनाको भयानक समस्यामा परिने चेतावनी उहाँ दिनुहु्न्छ । त्यसैले कोरोनाबाट आफू र आफ्नो परिवारलाई जोगाउन मास्क लगाउने, भिडभाडमा नजाने, हात धुने दुरी कायम गर्ने नचुकौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *