Main News

समुदायमा कोरोनाको अवस्थाबारे बुझ्न ‘सेरोप्रिभेलेन्स’ अध्ययन गरिने

हिमालय टिभी
२०७७ भदौ २२ गते १८:५९
समुदायमा कोरोनाको अवस्थाबारे बुझ्न ‘सेरोप्रिभेलेन्स’ अध्ययन गरिने

२२ भदौ, २०७७ काठमाडौं । ईपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले समुदायमा कोरोनाभाइरस संक्रमणको अवस्थाबारे जान्न ‘सेरोप्रिभेलेन्स’ अध्ययन गर्ने भएको छ ।

महाशाखाले पहिलो चरणमा सातै प्रदेशमा गरी ४ सय ५० जनाको दरले कुल तीन हजार एक सय ५० जनाको एन्टिबडी परीक्षण गर्ने छ ।

सेरोप्रिभेलेन्स टेस्टका लागि सातै प्रदेशमा विभिन्न मापदण्डका आधारमा निर्धारण गरिएको स्थानबाट निश्चित व्यक्तिहरुका रगतको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिने छ ।

महाशाखाका महानिर्देशक डा। वासुदेव पाण्डेले सेरोप्रिभेलेन्स अध्ययन गरेर क्यूमिलेटिभ इन्फेक्सन हेर्न खोजेको जानकारी दिनुभयो ।

परिषद्ले काठमाडौं उपत्यकाभित्र १ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत अस्पतालका चिकित्सक, नर्सलगायत अन्य स्वास्थ्यकर्मीका साथै तिनका परिवारको समेत एन्टिबडी परीक्षण गर्ने छ ।

परिषद्को मापदण्ड अनुसार ७ सय ८४ जना स्वास्थ्यकर्मी तथा स्नोबल स्याम्पलिङका आधारमा ७ सय ८५ जना स्वास्थकर्मीका परिवारका सदस्यको परीक्षण हुने छ ।

चैत ११ पछि काठमाडौं उपत्यका छोडेर बाहिर नगएका स्वास्थ्यकर्मी र तिनका परिवारलाई मात्रै यो अध्ययनमा सामेल गराइने छ । चार चरणमा हुने अध्ययनको पहिलो चरणमा स्वास्थ्यकर्मीको नमुना संकलन गरिने छ भने त्यसको एक हप्तापछि मात्रै परिवारका सदस्यको नमुना संकलन गरिनेछ ।

यस्तै स्वास्थ्यकर्मीको ३ साता र ६ सातामा फेरि नमुना संकलन गरेर अध्ययनलाई मूर्तरुप दिइने छ ।

यस्तै अध्ययनका लागि नमूना संकलन गर्न संकलकहरु खटाउन विश्व स्वास्थ्य संगठनले मंगलबार संस्था छनोट गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *